साङ्केतिक तस्वीर
मध्यविन्दु — नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा गए राति ट्र्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु भएको छ । विनयी त्रिवेणी गाउँपालिका–४ देउराली–सर्दी भित्री सडकखण्डमा ट्र्याक्टर दुर्घटना हुँदा विनयी त्रिवेणी–४ का १३ वर्षीय बविन क्षेत्रीको मृत्यु हो ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी सन्तोष पाठकका अनुसार दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको लु४त ३०४६ नंको ट्र्याक्टर आफैं अनियन्त्रित भई सडक छेउमा पल्टन जाँदा तीन जना घाइते भएका मध्ये १३ वर्षीय बविनको उपचारकै क्रममा मृत्यु भएको हो ।

घाइत सबैलाई मध्यविन्दु जिल्ला अस्पताल डण्डामा उपचारार्थ लगिएको थियो । दुर्घटनामा परी घाइते भएका थप दुई जनाको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।