फाइल तस्वीर

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेलाई सर्वोच्च अदालतले विदेश गएर खेल्न अनुमति दिएको छ । लामिछानेले विदेश खेल्न जान अनुमति माग गर्दै दिएको निवेदन र उनलाई थुनामै फर्काउनुपर्ने माग गर्दै परेको दुई निवेदनमाथि एक साथ सुनुवाइ गर्दै सर्वोच्च अदालतले सन्दीपको पक्षमा आदेश दिएको हो ।

न्यायाधीशद्वय सपना मल्ल प्रधान र कुमार चुडालको संयुक्त इजलासले लामिछानेको माग बमोजिमको आदेश दिएको हो । आईतबारदेखि फरक फरक माग राख्दै परेका दुई निवेदनमाथि सुनुवाइ भएको थियो ।

सन्दीपलाई धरौटीमा रिहा गर्ने उच्च अदालत पाटनको आदेश बदर माग गर्दै महान्यायाधिवक्ता कार्यालयले उनलाई पुर्पक्ष थुनामै राख्न निवेदन दिएको थियो भने लामिछानेले आफूलाई विदेशमा समते खेल्न दिनुपर्ने माग गर्दै सर्वोच्चमा रिट दिएका थिए । अदालतले उनलाई विदेश जान अनुमति दिएपछि सरकारी वकिलको माग अनुसार पुर्पक्ष थुनामै फर्काउनु पर्ने माग अस्वीकृत भएको छ ।