साङ्केतिक तस्वीर

तौलिहवा — कपिलवस्तुमा लागुऔषध चरेशसहित एक जना पक्राउ परेका छन् । शिवराज नगरपालिका ९ बिजगौरीबाट १६ किलो लागुऔषध चरेशसहित मेघराज घर्तीलाई पक्राउ गरिएको हो ।

प्रहरी नायव उपरिक्षक मिनबहादुर घलेका अनुसार लागुऔषध चरेसहित घर्तिलाई घरबाट पक्राउ गरिएको हो । घर्तीमाथि थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले गोप्य सूचनाको आधारमा वडा प्रहरी कार्यालय चन्द्रौटा र इलाका प्रहरी कार्यालय सुन्दरीडाँडाको संयुक्त रुपमा खटिएको टोलीले लागुऔषध बरामद गरेको हो ।

प्रहरीले चालु आर्थिक वर्षको हालसम्म ब्राउन सुगर एक सय ९९ ग्राम नौं सय १८ मिलिग्राम, चरेश २१ किलो सात सय ७९ ग्राम, अफिम १५ किलो पाँच सय ६० ग्राम, नाईट्राभेट तीन सय १३ ट्याब्लेट, स्पास्मो एक सय ६४ क्यापसुल, गाजा छ सय ६२ ग्राम र विइन्डलास एम एल बरामद गरिएको प्रहरी नायव उपरिक्षक घलेले जानकारी गराउनुभयो । यी घटनाहरुमा संलग्न ५ जना महिला र ५० जना पुरुष गरी ५५ जना गिरफ्तार गरी अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।