फाइल तस्वीर

काठमाडौ – साताको पहिलो दिन आज आईतबार नेपाली बजारमा सुन र चाँदी दुबैको मूल्य घटेको छ । साताको पहिलो कारोबार दिन सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुन प्रतितोला १ लाख २ हजार रुपैयाँ तोकिएको छ । अघिल्लो कारोबार दिन अर्थात् शुक्रबार सुनको मूल्य तोलामा एक सय रुपैयाँ घटेको थियो । शुक्रबार छापावाल सुन प्रतितोला १ लाख २ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

आइतबार तेजाबी सुन प्रतितोला १ लाख १ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार तेजाबी सुन प्रतितोला १ लाख १ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, आज आइतबार चाँदीको मूल्य पनि घटेको छ । शुक्रबारको तुलनामा आइतबार चाँदी प्रतितोला १५ रुपैयाँ घटेको हो । आज आइतबार चाँदी प्रतितोला १ हजार २ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।