फाइल तस्वीर


हेटौँडा — आसन्न राष्ट्रपति पदको निर्वाचनले केन्द्रीय राजनीतिमा राजनीतिक दलहरुबीच उत्पन्न दरारको झिल्को प्रदेश सरकारमा पनि देखिएको छ । सरकार बनेको दुई महिनामै हिजोमात्रै सङ्घीय सरकारबाट बाहिरिएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाग्मती प्रदेश सरकारबाट पनि बहिर्गमन भएको छ ।

खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री उद्धव थापाले आज साँझ आठ बजे प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई निवासमै पुगेर संयुक्तरूपमा राजीनामा बुझाएका छन् ।

सिँचाइमन्त्री थापाले पार्टीको निर्णयानुसार मन्त्रीपदबाट राजीनामा दिइएको जानकारी गराएका छन् ।

मुख्यमन्त्री निवासमा राप्रपाका थापासँगै पर्यटन, उद्योग तथा सहकारीमन्त्री डम्बरबहादुर तामाङ र वन तथा वातावरणमन्त्री राजु विष्टले पनि राजीनामा दिएका छन् ।