काठमाडौं — निर्जीवन बीमा कम्पनीले चालू आर्थिक वर्षको ७ महिनामा २३ अर्ब ६ करोड रुपैयाँ बराबरको व्यसाय गरेका छन् । जुन गत वर्षको सोही अवधिको तुलनामा ५ दशमलव ७४ प्रतिशतले बढी हो ।

गत वर्ष यसै अवधिमा बीमा कम्पनीले २१ अर्ब ८१ करोड ४ लाख रुपैयाँ बराबरको व्यवसाय गरेको थिए । माघ मसान्तसम्म शिखर इन्स्योरेन्स कम्पनीले सबैभन्दा बढी २ अर्ब ९८ करोडको व्यवसाय गरेको छ । त्यसैगरी नेको इन्स्योरेन्स कम्पनीले १ अर्ब ७५ करोड, राष्ट्रिय बीमा कम्पनीले १ अर्ब ६९ करोड, हिमालयन एभरेष्टले १ अर्ब ६९ करोड, सगरमाथा इन्स्योरेन्सले १ अर्ब ६८ करोड, सिद्धार्थ इन्स्योरेन्स कम्पनीले १ अर्ब ५२ करोड, एनएलजी इन्स्योरेन्स कम्पनीले १ अर्ब ४० करोड, सानिमा निआईसी इन्स्योरेन्स कम्पनीले १ अर्ब १९ करोड रुपैयाँको व्यवसाय गरेका छन् ।

प्रिमियर इन्स्योरेन्स कम्पनीले १ अर्ब १७ करोड, लम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले १ अर्ब १२ करोड, अजोड इन्स्योरेन्सले १ अर्ब ८ करोड, आईएमई जनरल इन्स्योरेन्सले १ अर्ब ५ करोड, प्रभु इन्स्योरेन्सले ९२ करोड ५९ लाख, नेपाल इन्स्योरेन्सले ८ करोड, दि ओरेण्टलले ८४ करोड, प्रुडेन्सियलले ७६ करोड, युनाइटेड इन्स्योरेन्सले ६ करोड र नेशनल इन्स्योरेन्सले ५८ करोडको व्यवसाय गरेका छन्।

गत वर्षको तुलनामा चालू आवको माघसम्म युनाइटेड इन्स्योरेन्स, नेको इन्स्योरेन्स, सगरमाथा इन्स्योरेन्स, प्रिमियम र प्रुडेन्सियल इन्स्योरेन्सको व्यवसायमा गिरावट आएको छ । नेको इन्स्योरेको व्यवसाय १ दशमलव २१ प्रतिशत, सगरमाथाको इन्स्योरेन्सको १३ दशमलव ६३ प्रतिशत, प्रिमियम इन्स्योरेन्सको ४ दशमलव ८० प्रतिशत, प्रुडेन्सियलको १ दशमलव ३३ प्रतिशत र युनाइटेडको व्यवसाय ३० दशमलव ५१ प्रतिशतले घटेको छ ।