काठमाडौं – साताको अन्तिम कारोबार दिन आज शुक्रबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज शुक्रबार छापावाल सुन प्रतितोला १ सय रुपैयाँले घटेर १ लाख २ हजार ४ सय रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख १ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी आज शुक्रबार चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेर १ हजार २ सय ७५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।