कपिलवस्तु — आफ्नै छोरा बुहारी मिलेर एक वृद्धको हत्या गरेको खुलेको छ । आज बिहीबार प्रहरीले कपिलवस्तुको शिवराज नगरपालिका–१० शितलापुरका ६४ वर्षका मगरे पासीको हत्या आरोपमा उनकै छोरा माङ्तीराम पासी र बुहारी मिमा पासीलाई पक्राउ गरेको हो ।

मगरे पासीको शव बुधबार उनी सुत्ने कोठामा झुण्डिएको अवस्थामा फेला परेको थियो । खबर पाएपछि पुगेको वडा प्रहरी कार्यालय चन्द्रौटाको टोलीले शव शंकास्पद देखिएपछि अनुसन्धान सुरु गरेको थियो ।

बाँया आँखामा निलडाम, नाकबाट रगत बगेको, कानमा चोट लागेको देखिएपछि अनुसन्धान गर्दा छोरा बुहारी मिलेर हत्या गरेको खुलेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।