सुर्खेत — नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश संसदीय दलले प्रमुख सचेतक र सचेतक चयन गरेको छ । मुख्यमन्त्रीसमेत रहनुभएका माओवादी केन्द्र प्रदेश संसदीय दलका नेता राजकुमार शर्माले प्रमुख सचेतक र सचेतक नियुक्ति गर्नुभएको हो ।

जसअनुसार प्रमुख सचेतकमा रणसिंह परियार र सचेतकमा मिलन खड्कालाई चयन गरिएको छन् । यसअघि हुम्लाबाट प्रतिनिधित्व गर्ने परियार मन्त्री पदका लागि लबिङमा हुनुहुन्थ्यो ।

कर्णालीमा माओवादी केन्द्रका १३ सांसद रहेका छन् । प्रमुख सचेतक परियार हुम्ला १ (१) बाट निर्वाचित हुनुभएको थियो भने मिलन खड्का समानुपातिक सांसद हुनुहुन्छ । कर्णालीमा अन्य दल नेपाली काङ्ग्रेस र नेकपा एमालेले भने प्रमुख सचेतक र सचेतक अझै टुङ्गो लगाएको छैन ।