काठमाडौं — केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिप आजदेखि सुरु हुँदैछ । च्याम्पियनसिपको पहिलो खेलमा नेपाल पुलिस क्लब र सातदोबाटो युथ क्लब भिड्ने भएका छन् ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने उद्घाटन खेल आज बिहिबार दिउँसो ३ बजे सुरु हुनेछ । उद्घाटनअघि सांस्कृतिक कार्यक्रम हुनेछ । प्रतियोगितामा ए डिभिजन लिगका ७ र एक आयोजक टोली केपी ओली एफसी गरी ८ टिमले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १ लाख रुपैयाँ प्राप्त गर्नेछ ।

विभागततर्फ उदियमान खेलाडी, सर्वाधिक गोलकर्ता, र उत्कृष्ट गोलरक्षकले समान ५० हजार रुपैयाँ पाउनेछन् । हरेक खेलको म्यान अफ दी म्याचले १५ हजार प्राप्त गर्नेछन् । प्रतियोगिताको उपाधि विजेताले १० लाख तथा उपविजेताले ५ लाख रुपैयाँ पाउनेछन् । हरेक खेलको विजेताले २५ हजार रुपैयाँ पाउनेछ ।