काठमाडौं – साताको पाँचौं दिन आज बिहिबार नेपाली सुनचाँदी बजारमा सुनको मूल्य तोलामा ५ सय रुपैयाँले गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज बिहीबार छापावाल सुन प्रतितोला ५ सय रुपैयाँले घटेर तोलामा १ लाख २ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको हो ।

यस्तै, आज तेजावी सुनको मूल्य तोलाको १ लाख २ हजार रुपैयाँ कायम भएको छ । त्यसैगरी आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेर प्रतितोला १ हजार २ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।