काठमाडौं — साताको चौथो दिन आज बुधबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ३ हजार रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन मङ्गलबार पनि सुन सोही मूल्यमा किनबेच भएको थियो ।

आज तेजाबी सुन प्रतितोला १ लाख २ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो मङ्गलबार पनि सुन सोही मूल्यमा किनबेच भएको थियो । अघिल्लो कारोबार दिन प्रतितोला दुई सय रुपैयाँ घटेको सुनको मूल्य बुधबार स्थिर रहेको हो ।

त्यसैगरी, आज बुधबार चाँदीको मूल्य भने बढेको छ । आज चाँदी प्रतितोला ५ रुपैयाँ बढेको हो । आज बुधबार चाँदी प्रतितोला १ हजार २ सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।