तस्वीर- केटीएलए

एजेन्सी — अमेरिकाको क्यालिफोर्निया राज्यस्थित लस एन्जलसमा तीव्र गतिमा गन्तव्यतर्फ गइरहेको रेलले एउटा गाडीलाई सोमबार साँझ ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । घटनामा अरु तीन जना घाइते भएका छन् ।

अलमेडा क्षेत्रमा मेट्रोलाइन ट्रेनले गाडीलाई ठक्कर दिँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको लस एन्जलस अग्निनियन्त्रण कार्यालयले जनाएको छ । घाइते भएका तीन जनालाई अस्पताल भर्ना गरिएको छ ।

दुर्घटनापछि रेलमा यात्रा गरिरहेका एक सय २५ सकुशल रेलबाट ओर्लिएर आफ्नो गन्तव्यतर्फ गएका छन् । दुर्घटनाको अनुसन्धान भइरहेको छ ।