काठमाडौं — साताको तेस्रो दिन आज मङ्गलबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार अघिल्लो दिन १ लाख ३ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ३ हजार प्रतितोलामा कारोबार भएको हो ।

यस्तै, तेजाबी सुन आज १ लाख २ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी चाँदी प्रतितोला १ हजार २ सय ९० रुपैयाँमा कारोबार भएको महासङ्घले जनाएको छ ।