फाइल तस्वीर
मकवानपुर — बागमती प्रदेशका प्रमुख यादवचन्द्र शर्माले हिमाली समुदायका आदिवासी शेर्पा समुदायले मनाउने नयाँ वर्ष २१५० औँ ग्याल्पो ल्होसारको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । आज जारी शुभकामना सन्देशमा उहाँले यस अवसरमा देश तथा देश बाहिर रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ एवं दिदीबहिनीमा सुख, शान्ति र समृद्धिको शुभकामना गर्नुभएको हो ।

प्रदेश प्रमुख शर्माले यस पर्वले नयाँ उत्साह र उमङ्ग छर्दै आपसी एकता, सद्भाव र बन्धुत्वको भावना अभिवृद्धि भई हाम्रो राष्ट्र थप सुदृढ बनाउन सघाउ पुगोस् भन्ने कामनासमेत गर्नुभएको छ । उहाँले नेपाली चाडपर्वले आपसी भाइचारा, सामाजिक सद्भाव, सहिष्णुता र एकता कायम राख्न मद्दत पु¥याएको बताउनुभएको छ ।

प्रदेश प्रमुख शर्माले भन्नुभएको छ, “भौगोलिक र प्राकृतिकरूपमा विविधतायुक्त हाम्रो देश नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषताले भरिपूर्ण छ । ग्याल्पो ल्होसारजस्ता नेपाली राष्ट्रिय संस्कृतिको अभिन्न अङ्ग बनेका छन् ।”