साङ्केतिक तस्वीर

महोत्तरी — महोत्तरीमा ७० वर्षीय वृद्धको हत्या भएको छ । महोत्तरी गाउँपालिका ३ मडैका ७० वर्षीय शिव महराको चक्कु प्रहारबाट आज सोमबार दिउँसो मृत्यु भएको हो ।

वृद्धभत्ताको पैसा नदिएको बिषयलाई लिएर उनकै भतिज ३० वर्षीय बिजेन्द्र महाराले तिघ्रामा चक्कु प्रहार गर्दा शिवको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनाको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय महोत्तरी र ईलाका प्रहरी कार्यालय कटिकटैयाबाट खटिएको प्रहरीले घटनामा संलग्न बिजेन्द्रको खोजी गरिरहेको जनाएको छ ।