प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया, फाइल तस्वीर


काठमाडौं — प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनको मतभार २०६८ को जनगणना अनुसारनै कायम हुने बताएका छन् ।

फागुन २५ हुने राष्ट्रपति निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना कार्यक्रममा बोल्दै उहाँले २०६८ को जनगणना अनुसार नै हुने बताउनुभएको हो ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले २०७८ को जनगणनाको प्रतिवेदन सार्वजनिक भइनसकेकाले पुरानै गणनाको आधारमा मतभार कायम हुने जानकारी दिनुहुँदै ‘०७८ मा जनगणना भएपनि त्यसको अन्तिम प्रतिवदेन आइसकेको छैन । त्यसकारण पुरानै मतगणना अनुसार मतभार तय हुनेछ’ – भनि जानकारी गराउनुभएको हो ।

प्रमुख निर्वाचन आयुक्त थपलियाका अनुसार प्रत्येक प्रदेशबाट मतदान गर्न सांसदहरू केन्द्रमै आउनुपर्ने भएको छ । कानुनी अडचनका कारण मतदान प्रदेशमा गरेपनि केन्द्रमै ल्याएर गणना गर्नुपर्ने भएका कारण संसद् भवनमै मतदान गर्ने व्यवस्था मिलाइएको छ ।

कानुनी अड्चनका कारण हामीले प्रदेशमै भोट हाल्ने व्यवस्था गर्नबाट पछि हटेका हौं भन्नुहुैदै सबै मतदान अब यहीँबाट हुन्छ भनेर जानकारी गराउनु भयो । राष्ट्रपति निर्वाचन सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा हुनेछ । मतदानका लागि दुई वटा मतदान केन्द्र रहने व्यवस्था गरिएको छ । पाटन उच्च अदालतका न्यायाधीश महेश शर्मा पौडेललाई निर्वाचन अधिकृतको जिम्मेवारी तोकिएको छ ।