फाइल तस्वीर


वासिङ्टन — अमेरिकाले भूकम्पको चपेटामा परेको राष्ट्र टर्किएलाई १० करोड अमेरिकी डलर बराबरको मानवीय सहायता गर्ने भएको छ ।

फेब्रुअरी ६ तारिखका दिन एकाबिहानै गएको भूकम्पका कारण टर्किए र सिरियामा गरी अहिलेसम्म ४४ हजारभन्दा बढी मानिसको मृत्यु भैसकेको छ । विनाशकारी भूकम्प पछि टर्किएको भ्रमणमा पुग्नु भएका अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनले उक्त मानवीय सहायताको घोषणा गर्दै १० करोड अमेरिकी डलर सहायताको घोषणा गर्नुभएको हो ।

यसैबीच टर्कीले आफ्नो दुई अति प्रभावित प्रान्तबाहेक अरू ठाउँमा भूकम्पमा पुरिएकाको खोजी कार्य बन्द गरेको जनाएको छ ।