काठमाडौं — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक लाखभन्दा बढी कतारी रियालसहितएक टर्कीस् नागरिक पक्राउ परेका छन् । प्रहरीले विमानस्थलबाट भारततर्फ लैजान लागेको एक लाख २६ हजार ३०० कतारी रियालसहित शुक्रबार दिउँसो २९ वर्षीय टर्कीस् नागरिक हिडिल कायन सरिकक्मारलाई नियन्त्रणमा लिएको हो ।

एयर इन्डियाको उडानमार्फत दिल्ली जान लागेका सरिकक्मारलाई साथमा लुकाइ राखेका उक्त कतारी रियालसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीले यसबारे थप अनुसन्धान सुरु गरेको छ ।