फाइल तस्वीर
काठमाडौं — बैतडीको दशरथचन्द नगरपालिकामा सम्पन्न पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड दानेश्वर नागार्जुन मावि रातामाटाले जितेको छ । रातामाटाले नौ स्वर्ण, एक रजत र ३ कास्य प्राप्त गर्दै रु २५ हजार पुरस्कार प्राप्त गरेको हो ।

प्रतियोगितामा दोस्रो भएको निङ्लासैनी मावि देहिमाण्डौँले सात स्पर्ण, पाँच रजत र चार कास्य पदक प्राप्त ग¥यो । उसले रु १५ हजार पुरस्कार पायो । तीन स्वर्ण, तीन रजत र दुई कास्यसहित मणिलेक मावि गुरुखोला तेस्रो भयो । गुरुखोलाले रु १० हजार पुरस्कार प्राप्त ग¥यो ।

निङ्लासैनी खेलमैदानमा भएको प्रतियोगितामा १९ विद्यालयको सहभागिता रहेको नगर खेलकुद विकास समितिका अध्यक्ष भुपेन्द्रबहादुर चन्दले जानकारी दिनुभयो । दशरथचन्दमा पहिलो पटक उक्त प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगिताको समापन समारोहमा उद्योग, वाणिज्य तथा आपूर्तीमन्त्री दामोदर भण्डारी, प्रदेशसभा सदस्य जानकी ऐर बम, निवर्तमान प्रदेशसभा सदस्य लीलाधर भट्ट, नगर प्रमुख पुष्करराज जोशी ‘लख्खाभाइ’, नगर उप्रमुख कौशिला चन्दलगायतको सहभागिता थियो ।