साङ्केतिक तस्वीर


कास्की – पोखरामा यात्रुबाहक बस दुर्घटना भएको छ । लेखनाथबाट पोखरा आउँदै गरेको ग १ ख ६७४७ नम्बरको बस पृथ्वीराजमार्गमा पर्ने डाँडाकोनाकसँगैका खोल्सामा खस्दा दुर्घटना भएको हो ।

दुर्घटनामा ४० जनाभन्दा बढी यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कास्की प्रमुख एसपी अजय केसीका अनुसार ‘दुर्घटनामा परेका सबैको उद्धार गरेर अस्पताल लगिएको छ । कुनैपनि यात्रु गम्भीर घाइते भएका छैनन् ।
चालकलाई नियन्त्रणमा लिई अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । चालकले प्रहरीलाई बताएअनुसार ब्रेकफेल भएर दुर्घटना भएको भन्ने बयार दिएको प्रहरीले जनाएको छ । दुर्घटनाभएको बसमा पोखरा विश्वविद्यालयमा अध्ययनरत विद्यार्थी र सर्वसाधरण नागरिकहरु सवार रहेको बताइएको छ ।