काठमाडौं — नेपाल राष्ट्र बैंकले भोलि सोमबार १३ अर्ब २३ करोड ३२ लाख रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्ने भएको छ । केन्द्रीय बैंकले २८ दिने, ९१ दिने र १८२ दिने गरी तीन किसिममा उक्त ट्रेजरी बिक्री गर्ने भएको हो ।

यद्यपि, कुल ट्रेजरीमध्ये ८ अर्ब २३ करोड ३२ लाख रुपैयाँ पुरानो ट्रेजरीको नवीकरण गरेर बाँकी रहेको ५ अर्ब रुपैयाँ बराबरको नयाँ ट्रेजरी जारी गर्न लागिएको राष्ट्र बैंकले जनाएको छ ।

फागुन १० गते बिक्री हुने ट्रेजरी बिलको बोलकबोल भोलि सोमबार अर्थात् फागुन ८ गते दिउँसो ३ बजे हुनेछ । इच्छुक खरिदकर्ताले तोकिएको समयभित्र अनलाइन आवेदन दिन सक्नेछन् ।

63ef42e1a26e6.jpg