काठमाडौं — आज नेपाली बजारमा सुनचाँदीको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन तोलामा ७ सय रुपैयाँले वृद्धि भएको हो ।

आज छापावाल सुन तोलामा १ लाख ३ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार उक्त सुन तोलामा एक लाख दुई हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तैगरी आज तेजाबी सुन तोलामा १ लाख २ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तैगरी आज चाँदीको मूल्य पनि वृद्धि भएको छ । आज चाँदी तोलामा १ हजार २ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।