फाइल तस्वीर

काठमाडौं — काठमाडौंमा जारी आईसीसी विश्व क्रिकेट लिग टु अन्तर्गत आज शनिबारको खेलमा नेपालका कुशल मल्लले मअर्धशतक पूरा गरेका छन् । कुशलले ४ छक्का ४ चौकाको मद्दतमा अर्धशतक पूरा गरेका हुन् ।

कीर्तिपुरस्थित त्रिविवि क्रिकेट मैदानमा भएको नामिबियाविरुद्धको खेलमा नेपालका कुशल मल्लले ४१ बलमा अर्धशतक पूरा गरेका हुन् । नामिबियाविरुद्धको खेलमा यसअघि ज्ञानेन्द्र मल्लले ६५ र आशिफ शेखले ८१ रनको योगदान गरेका छन् । पहिले ब्याटिङ गरेको नामिबियाले २७५ रनको लक्ष्य दिएको थियो ।