फाइल तस्वीर


काठमाडौं — नेपालमा जारी आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत त्रिदेशीय सिरिजमा घरेलु टोली नेपालले स्कटल्याण्डको चौथो विकेट लिएको छ ।

कीर्तिपुरस्थित त्रिभूवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस जितेर पहिले फिल्डिङ गरेको घरेलु टोली नेपालले चौंथो विकेट लिंदा सन्दीप लामिछानेले दुई विकेट लिएका छन् । त्यस्तै, कुशल मल्लले पनि दुई विकेट लिएका छन् ।

योसँगै नेपाललाई चौथो सफलता मिलेको हो । सन्दीपले टोमस म्याकिनटोसलाई १९ रनमा एलबीडब्लु आउट गराए । यसअघि सन्दीपले माथेव क्रोसलाई दुई रनमा एलबीडब्लु आउट गराएका थिए ।

कुशलले क्रिस्टोफर म्याकब्राइडलाई २२ र कप्तान रिचीई बेरिङटनलाई २२ रनमा आउट गराएका हुन् । १७ ओभरको समाप्तिमा स्कटल्यान्डले चार विकेटको क्षतिमा ६६ रन बनाएको छ ।