फाइल तस्वीर


नान्जिङ— पूर्वी चीनमा एक भवनमा आगलागी हुँदा छ जनाको मृत्यु भएको छ । सोही घटनामा २८ घाइते घाइते भएका छन् । पूर्वी चीनको जियाङ्सु प्रान्तमा बिहीबार बिहान एक भवनमा आगलागी हुँदा छ जनाको मृत्यु भएको स्थानीय अधिकारीले बताएका छन् ।

सुझोउ शहरको सियाङचेङ जिल्लाको वेइटाङ बजारमा बिहान ६:०७ बजे भएको आगलागी भएको समाचारमा जनाइएको छ । करिब एक घण्टापछि नियन्त्रणमा लिइएको थियो ।

आगलागीका कारण भएका घाइतेलाई उपचारका लागि अस्पताल लगिएको छ । घाइतेमध्ये दुई जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको उपचारमा सम्लग्न चिकित्सकले जनाएका छन् । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको त्यहाँको प्रहरीले जनाएको छ ।