फाइल तस्वीर

पोखरा – गण्डकी प्रदेश सरकारले आज बिहीबार सार्वजनिक बिदा दिएको छ । प्रदेश सरकार स्थापनाको दिवसका अवसरमा गण्डकी प्रदेश सरकारले आज प्रदेश भर सार्वजनिक बिदा दिएको हो ।

वि.सं. २०७८ चैत १८ मा बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश स्थापना भएको दिन बिदा दिने निर्णय गरेको थियो । सङ्घीय सरकारले दिएकाबाहेक प्रदेश सरकारले वर्षमा ६ दिनसम्म बिदा दिन मिल्ने संवैधानिक व्यवस्था छ ।