फाइल तस्वीर
तुलसीपुर — नेपाल संस्कृत विश्वविद्यालय बेलझण्डी दाङमा प्राज्ञिक चिकित्सा तथा योग विज्ञानको पठनपाठन हुनेभएको छ । विश्वविद्यालयका कुलसचिव माधव अधिकारीका अनुसार नेपालमै पहिलो पटक प्राज्ञिक चिकित्सा तथा योग विज्ञानको पठनपाठन हुन लागेको हो ।

यसका लागि बेलझुण्डीमा ४३ करोडको शिक्षण भवन निर्माण गर्ने तयारी छ । यसका लागि लागत अनुमान समेत तयारी भइसकेको उहाँले बताउनुभयो ।“नेपालमै पहिलो पटक विश्वविद्यालयमा प्राज्ञिक चिकित्सा तथा योग विज्ञानको पठनपाठान सुरु हुँदैछ”,उहाँले भन्नुभयो“यसका लागि रु ४३ करोडको भवन बनाउने गरी लागत अनुमान भएको छ ।” प्राज्ञिक र आयुर्वेदमा स्नातक ९विएएमएस०का विद्यार्थीका लागि २०० शय्याको एकीकृत शिक्षण अस्पताल सञ्चालनको तयारी समेत रहेको छ ।

प्रदेश र सङ्घको सहकार्यमा उक्त अस्पताल सञ्चालनमा ल्याइने भएको हो । त्यसका लागि प्रदेश र सङ्घले पछिल्ला दुई आर्थिक वर्षमा रु १८ करोड बजेटसमेत उपलब्ध गराएको छ । त्यसका लागि वातावरणीय प्रभावको मूल्याङ्कन९इआईए० पनि सम्पन्न भइसकेको छ । अस्पतालको लागत रु ६८ करोड अनुमान गरिएको छ । बेलझुलागत । बेलझुण्डी शिक्षण अस्पतालको उत्तर तर्फ ६ बिघा जग्गामा अस्पताल निर्माण हुनेछ ।

जडीबुटी उद्यान बोलपत्रमा

विश्वविद्यालयले जडीबुटी उद्यानको पनि बोलपत्र गरेको छ । इबिडिङमार्फत विश्वविद्यालयले बोलपत्र गरेको हो । विश्वविद्यालय केन्द्रीय कार्यालयको दक्षिण तर्फको १८ बिघा जग्गामा जडीबुटी उद्यान बन्न लागेको हो । रु सात करोड ४१ लाख लागतमा उक्त जडीबुटी उद्यान बन्न लागेको हो ।
त्यस्तै बास्तु इञ्जिनीयरिङको पाठ्यक्रम निर्माणको काम पनि भइरहेको कुलसचिव अधिकारीले बताउनुभयो । उहाँका अनुसार पाठ्यक्रम निर्माण हुनसाथ बास्तु इञ्जिनियरिङ पढाइ हुनेछ । २०७७ सालमा भएको सभाले उक्त विषय पठनपाठन गर्ने अनुमति दिएको थियो ।

त्यस्तै विश्वविद्यालयको दीक्षान्त समारोह वैशाखमा हुनेछ । त्यसका लागि विभिन्न समिति तथा उपसमिति गठन गरेर काम अगाडि बढाइएको छ । अहिले विश्वविद्यालयमा ७७ वटै जिल्लाका विद्यार्थी अध्ययन गरिरहेका छन् ।