काठमाडौं — नेपाल राष्ट्र बैंकले एकिकृत निर्देशन, २०७९ जारी गरेको छ । राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियम विभागले एकीकृत निर्देशन, २०७९ जारी गरेको हो ।

बैंकले एकीकृत निर्देशन, २०७८ र त्यसपछि २०७९ माघ मसान्तसम्म जारी भएका परिपत्र/निर्देशन समेतलाई समावेश गरी परिमार्जन गरेर उक्त निर्देशन जारी गरिएको बताएको छ ।