काठमाडौं — आगामी बैशाख १ गतेदेखि प्रदर्शन हुने सिनेमा ‘जारी’ को टिजर सार्वजनिक गरिएको छ । सामाजिक परिवेशलाई कथावस्तु बनाइएको ‘जारी’ सिनोमामा दयाहाङ राई, मिरुना मगर र रोयदीपले मुख्यभूमिकामा अभिनय गरेका छन् ।

रोय दीपलाई टिजरमा न्यारेटरको रुपमा प्रस्तुत गरिएको छ । दीपद्वारा काव्यशैलीमा सम्बन्धको उतारचढाव विम्बात्मक रुपमा प्रस्तुत गरिएको छ ।

रामबाबु गुरुङ निर्माता रहेको फिल्मलाई उपेन्द्र सुब्बाले लेखन तथा निर्देशन गर्नुभएको हो । फिल्ममा विजय बराल, कमलमणि नेपाल, प्रेम सुब्बा, पुष्कर गुरुङलगायतले अभिनय गर्नुभएको छ ।