काठमाडौं — साताको चौथौ दिन आज बुधबार नेपाली सुनचाँदी बजारमा सुनको मूल्य दुई सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला २ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य आज १ लाख ३ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ३ हजार १ सय रुपैयाँ कायम भएको छ । त्यस्तैगरी आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला पाँच रुपैयाँले घटेर तोलामा १ हजार २ सय ९० रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ ।