दाङ – लुम्बिनी प्रदेश सरकार स्थापनाको पाँच वर्ष पूरा भएको छ । प्रदेश स्थापनाको अवसरमा सार्वजनिक बिदासमेत दिएको प्रदेश सरकारले सदरमुकाम देउखुरीमा विभिन्न कार्यक्रम आयोजना गरेको हो ।

स्थापना दिवसको अवसरमा लुम्बिनी प्रदेश सरकारले आज विभिन्न कार्यक्रम गर्दैछ ।
लुम्बिनी प्रदेश स्थापना दिवसको अवसरमा आज हुने कार्यक्रमको उद्घाटन प्रदेश प्रमुख अमिक शेरचनले गर्दै हुनुहुन्छ ।