काठमाडौं — साताको तेस्रो कारोबार दिन आज मङ्गलबार सेयरबजारमा सामान्य गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से १६ दशमलव ४० अङ्कले घटेर २१०५ दशमलव ४६ विन्दुमा आइपुगेको हो ।

आज ४५ वटा कम्पनीको सेयर बढे पनि लगानीकर्ताले ६ दशमलव १२ प्रतिशतसम्म मात्र आम्दानी गरेका छन् । त्यस्तै १६२ कम्पनीको सेयर घटेको दिन आज ५ दशमलव ०७ प्रतिशतसम्म नोक्सानी व्यहोरेका छन् ।

आज हिमालयन डिस्टिलरीको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ७ करोडको सेयर किनबेच भएको हो । योसँगै २५५ कम्पनी खरिदबिक्रीमा सामेल भएको बजारमा १ अर्ब ७८ करोड ७० लाखको कारोबार भएको हो ।