फाइल तस्वीर

काठमाडौं — काठमाडौंमा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेट लिग-२ प्रतियोगितामा नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेलले नयाँ कीर्तिमानी बनाएका छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको नामिबियाविरुद्धको खेलमा कप्तान पौडेलले एक हजार रन पूरा गर्ने पहिलो नेपाली खेलाडी बनेका हुन् ।

नेपालले नामिबियाविरुद्धको खेलमा ५५ रन बनाएपछि रोहित १ हजार रन पुरा गर्ने पहिलो खेलाडी बनेका हुन् । रोहितले २६ ओभरको पहिलो बलमा चौका हान्दै एक दिवसीय क्रिकेटमा १ हजार रन पुरा गरेका हुन् । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितले सन् २०१८ मा नेदरल्याण्डसँग खेल्दै राष्ट्रिय टोलीमा डेब्यु गरेका थिए । राष्ट्रिय टिमका कप्तान सन्दीप लामिछाने गत भदौमा बालिका बलात्कारको प्रकरणमा मुछिएपछि रोहितले राष्ट्रिय टिमको कप्तानको जिम्मेवारी पाएका हुन् ।

एक दिवसीय खेलमा रोहितले ५ अर्धशतक र १ शतक हानेका छन् । एक दिवसीयमा ३३ खेल खेल्ने क्रममा रोहितले यो कोशेढुङगा पार गरेका हुन्।
आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भइरहेको नामिबिया विरुद्धको खेलमा ५५ रन बनाएपछि रोहित ओडीआईमा एक हजार रन पूरा गर्ने पहिलो नेपाली ब्याटर बने । ओडीआईमा रोहितको व्यक्तिगत उच्च स्कोर १२६ रन हो ।

रोहित लिग टु मा पनि नेपालका लागि सर्वाधिक रन बनाउने खेलाडी हुन् । लिग टु मा २२ औं खेल खेलिरहेका रोहितले चार अर्धशतक मद्दतमा छ सयभन्दा बढी रन बनाइसकेका छन् । लिग टु मा कप्तान रोहितको व्यक्तिगत उच्च स्कोर अविजित ६२ रन हो । लिग टु मा सबैभन्दा धेरै रन नामिबियाका कप्तान जेर्हार्ड एरसामसले बनाएका छन् । एरासमसले २९ खेल खेल्दै १ शतक र ११ अर्धशतक मद्दतमा १ हजार २२२ रन बनाएका छन् ।