काठमाडौं — साताको तेस्रो दिन आज मङ्गलबार नेपाली सुनचाँदी बजारमा सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रू दुई सयले घटेको हो ।

आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ३ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ३ हजार ३ सय रुपैयाँ कायम गरिएको छ ।

त्यसैगरी आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला १ हजार २ सय ९५ रुपैयाँ कायम रहेको महासङ्घले जनाएको छ ।