पत्रपत्रिकाबाट

काठमाडौं — सत्ता साझेदार नेकपा एमालेका अध्यक्ष केपी ओलीले प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई निरन्तर दबाबमा पारेका छन् । एमालेसहितका दलहरूको समर्थनमा प्रधानमन्त्रीको जिम्मेवारीमा पुगेका दाहालविरुद्ध ओली सुरुदेखि नै हाबी हुँदै आएका छन् ।

अझ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारबाट बाहिरिएपछि ओलीले दाहालमाथि थप दबाब खडा गर्दै आएका छन् । नागरिकता विवादमा सर्वोच्चबाट फैसला आएपछि सबै पद गुमाएका रवि लामिछानेलाई पुनः सरकारमा फिर्ता ल्याउन ओलीले निरन्तर दबाब दिँदै आएका हुन् ।

ओलीले आफ्नो नेतृत्वमा रहेको उच्चस्तरीय संयन्त्रमा सहभागी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र रास्वपाको साथ पाएका छन् । आइतबार पनि प्रधानमन्त्री निवास बालुवाटारमा बसेको उच्चस्तरीय राजनीतिक समितिको बैठकमा ओलीले रास्वपालाई पुनः सरकारमा सहभागी गराउन आग्रह गरे । (आजको नागरिक दैनिकबाट)