फाइल तस्वीर

काठमाडौं – आज फागुन १ गते सोमबार ‘जनयुद्ध दिवस’का अवसरमा बैंकिङ कारोबार जारी राख्न नेपाल राष्ट्र बैंकले सबै बैंकहरूलाई निर्देशन दिएको छ । सरकारले देशभर सार्वजनिक बिदा दिएपनि मन्त्रिपरिषद्को निर्णय विपरित आज नगद कारोबार, चेक क्लियरिङलगायतका आवश्यक बैंक वित्तिय कारोबार सञ्चालन गर्न राष्ट्र बैंकले निर्देशन दिएको हो ।

बैंकका अनुसार आज बिहान १० बजेदेखि दिउँसो १ः३० बजेसम्म सबै बैंक तथा वित्तीय संस्थाका आवश्यक विभाग तथा कार्यालय सेवा सुचारु हुनेछ ।
प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद्को एउटा घटक राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का मन्त्रीहरूको बहिस्कारकाबीच पनि फागुन १ गतेलाई जनयुद्ध दिवस तथा सार्वजनिक बिदाका रुपमा मनाउने निर्णय गर्नुभएको थियो ।
उक्त निर्णयको अधिकांश गैर माओवादी शक्तिहरूले विरोध गरेका छन् ।