फाइल तस्वीर


काठमाडौं — उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेलले यसवर्षको राजस्व सङ्कलनको वृद्धिदर ५५ वर्ष यताकै सबैभन्दा कमजोर भएको बताउनु भएको छ । प्रतिनिधिसभाको बैठकमा बोल्दै उपप्रधान तथा अर्थमन्त्री पौडेलले आर्थिक वर्ष २०२४/०२५ पछि यस वर्ष राजस्व सङ्कलन ज्यादै कम भएको सदनलाई जानकारी गराउनु भयो ।

अर्थमन्त्री पौडेलले सदनलाई जानकारी गराउने क्रममा गत वर्षको भन्दापनि यस वर्ष राजस्व सङ्कलन ज्यादै कम भएको भन्दै चिन्ता प्रकट गर्नुभयो ।

चालु आर्थिक वर्ष २०७९/८० को बजेट ल्याउँदा तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले साउनदेखि पुस मसान्तसम्मको राजस्व सङ्कलनको लक्ष्य ६ खर्ब ५१ अर्ब ८२ करोड रुपैयाँ तोक्नु भएको थियो ।

तर चालु आर्थिक वर्षको ६ महिनामा ४ खर्ब ९० अर्ब ४ करोड रुपैयाँमात्र राजस्व सङ्कलन भएको अर्थमन्त्री पौडेलले सदनलाई जानकारी गराउनु हुँदै यो अङ्क गत आर्थिक वर्षको सोही अवधिमा सङ्कलन भएको राजस्वभन्दा १५ प्रतिशतले कम भएको बताउनु भयो ।

देशको राजस्वमा यस्तो खालको नकारात्मक वृद्धिदर ५५ वर्षपछि कै खराब भएको अर्थमन्त्री पौडेलले सदनलाई जानकारी गराउनुभएको छ । आर्थिक वर्ष २०२४/०२५ पछि पहिलो पटक हुन पुगेको उपप्रधान तथा अर्थमन्त्री पौडेलले उल्लेख गर्नुभयो ।अर्थमन्त्रीले सदनमा पेश गर्नुभएको संशोधित बजेटको पूर्णपाठ