फाइल तस्वीर

काठमाडौँ – उद्योगी व्यवसायीहरु बैंकविरुद्ध आन्दोलनमा उत्रने भएका छन् । बैंकको चर्को व्याज तथा सुविधालाई लिएर फागुन ५ गतेदेखि उनीहरु आन्दोलनमा उत्रन लागेका हुन् ।


फागुन ५ गते उद्योगी व्यवसायीहरुका ९ वटा महासङ्घ र ३८ वटा सङ्घहरुले बैंकहरुविरुद्ध संयुक्त सडक आन्दोलन घोषणा गरेका छन् ।

सङ्घर्ष समितिका संयोजक नरेश कटुवालले फागुन ५ गते उद्योगी व्यवसायीहरुका छाता सङ्गठनका ९ वटा महासङ्घ र ३८ वटा सङ्घहरुले बैंकहरुविरुद्ध बृहत् संयुक्त सडक आन्दोलन गर्ने बताएका छन् ।

व्यवसायीहरुले पछिल्लो समय बैंकहरुले बढाएको चर्को ब्याजदरविरुद्ध आन्दोलन गर्न बाध्य भएको भन्दै संयुक्त मूल संघर्ष समितिका संयोजक कटुवालले उद्योगी व्यवसायीहरुमा रहेको सिण्डिकेट अन्त्य र बैंकको ज्यादतीविरुद्ध सडक आन्दोलनको घोषणा गर्नुपरेको बताए ।

लामो समयदेखि उद्योगी व्यवसायीहरुले लामो समयदेखि उठाउँदै आएका मागहरुलाई सम्बोधन गर्न सरकार उदासिन देखिएकाले सडक आन्दोलनमार्फत् आफ्ना मागहरुप्रति ध्यानाकर्षण गर्न बाध्य भएको संयोजक कटुवालले बताए ।

सरकारले उद्योगी व्यवसायीहरुको मागको सुनुवाइ नगरेको भन्दै संयोजक कटुवालले व्यवसायीहरु पुनः सडक आन्दोलनमा जान बाध्य भएको बताएका छन् ।

समितिका अनुसार फागुन ५ गते शुक्रबार बृहत् ¥यालीसहित सडक आन्दोलनमा सम्पूर्ण उद्योगी व्यापारीहरु उत्रने भएका छन् । देशभरका उद्योगी, व्यापारी व्यवसायीलगायत सम्बन्धित सबै ऋणीहरुलाई आन्दोलनमा सहभागी हुन समितिले आग्रह गरेको छ।