फाइल तस्वीर


जनकपुरधाम– मधेस प्रदेश सरकारले भोलि फागुन १ गते सोमबार जनयुद्ध दिवस मनाउने भएको छ । जनयुद्ध दिवस मनाउनका लागि मधेस सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

मधेस सरकारले राजपत्रमै जनयुद्ध दिवसको अवसरमा सार्वजनिक विदा दिने प्रकाशित गरेको छ । गत वर्षदेखि मधेस सरकारले मनाउन सुरु गरेको जनयुद्ध दिवसमा यस पटक सहभागी हुन उपराष्ट्रपति नन्दबहादुर पुन जनकपुरधाम आउन हुने गृह तथा सञ्चारमन्त्री शत्रुधनप्रसाद सिंहले जानकारी गराउनु भएको छ ।

यसअघिको सरकारमा नेकपा माओवादी केन्द्र सहभागी भएपछि जनयुद्ध दिवस मनाउन सुरु गरेको थियो ।

यस्तै बागमती प्रदेश सरकारले पनि भोलि जनयुद्ध दिवस मनाउने भएको छ । बागमती प्रदेश सरकारले पनि भोलि सार्वजनिक विदा दिने निर्णय गरिसकेको छ ।