काठमाडौं — साताको पहिलो कारोबार दिन आज आइतबार सुनको मूल्य पुन वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन १ लाख ४ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, आज तेजाबी सुन १ लाख ३ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज चाँदी पनि तोलामा ५ रुपैयाँ वृद्धि भएर प्रतितोला १ हजार २ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ ।