फाइल तस्वीर


जनकपुरधाम – मधेस प्रदेशको प्रदेशसभा बैठक फागुन २ गते मङ्गलबार बस्ने भएको छ । प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलले आगामी फागुन २ गते दिउँसो २ बजेका लागि बैठक आह्वान गर्नुभएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

माघ ४ गते मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिएपछि बैठक अनिश्चितकालका लागि स्थगित भएको थियो । सरकारले पूर्णता पाएपछि प्रदेशसभाको बैठक बस्न लागेको हो ।