फाइल तस्वीर


मोगादिसु — सोमाली सेनाले अल–शबाबविरुद्ध गरेको पछिल्लो कारबाहीमा एक सय १७ जना लडाकू मारिएका छन् । अशान्त सोमालियाको राजनीतिक स्थायित्वका निम्ति खटिएका अन्तर्राष्ट्रिय साझेदार मुलुकका सैनिकको सहयोगमा उक्त कारवाही गरिएको हो ।

अमारा शहर नजिक शुक्रबार भएको आठ घण्टा लामो कारबाहीमा ती लडाका मारिएका सोमाली राष्ट्रिय सेनाका एक अधिकारीले बताएका छन् । सैनिक कारवाहीमा बाँचेकाहरू जङ्गलतर्फ भागेकाले उनीहरूको व्यापक खोजी भइरहेको छ ।

हालैका दिनमा अन्तर्राष्ट्रिय साझेदारसहितको राष्ट्रिय फौजले अल–शबाबविरुद्धको कारबाहीलाई तीव्र बनाएको छ । साथै उसको पकडमा रहेका क्षेत्र राज्यको नियन्त्रणमा ल्याउन सफलता मिलेको छ । रासस सिन्ह्वा