विश्व फुटबलको सर्वोच्च संस्था फिफाले ‘फिफा बेस्ट अवार्ड’का लागि विभिन्न विधाबाट अन्तिम तीन/तीन प्रतिस्पर्धिहरुको नाम सार्वजनिक गरेको छ । फिफाले उत्कृष्ट पुरुष, महिला, प्रशिक्षक र गोलरक्षक तथा पुस्कस अवार्ड गरी पाँच विधामा पुरुष र महिला गरी अन्तिम तीन–तीन जना प्रतिस्पर्धिहरू सार्वजनिक गरिएको हो।

फिफाले सार्वजनिक गरेको नाममा पुरुषतर्फ विश्वकप विजेता अर्जेन्टेनी क्याप्टेन लियोनल मेसीसहित फ्रान्सका केलियन एम्बाप्पे र करिम बेन्जेमा रहेका छन्। फिफा सदस्य राष्ट्रका प्रशिक्षक, क्याप्टेन, पत्रकार र समर्थकले १४ खेलाडीलाई दिएको मतका आधारमा अन्तिम तीनको नाम तय भएको हो ।

सन् २०२१ अगष्ट ८ देखि २०२२ डिसेम्बर १८ को प्रदर्शनका आधारमा उनीहरूको मूल्याङ्कन गरिएको फिफाले जनाएको छ । यी तीनमध्ये अर्जेन्टिनाका कप्तान मेसीले २०१९ मा द वेष्ट फिफा अवार्डको उपाधि जितिसेका छन्।

फिफाले यो अवार्डको अवधारणा सन् २०१६ बाट सुरु गरेको हो । लगातार शीर्ष तीनमा पर्दै आएका मेसी २०१८ को संस्करणमा भने अन्तिम ३ मा अटाउन सकेका थिएनन् । पछिल्लो दुई सिजन रोर्बेटो लेवान्डोस्कीले द बेष्ट फिफा अवार्ड जितेका थिए ।
फिफा द बेस्ट अवार्डको घोषणा भने २७ फेब्रुअरीमा एक भव्य कार्यक्रमका बीच हुनेछ ।

द बेस्ट पुरुष खेलाडी (उत्कृष्ट तीन)

करिम बेन्जामा (फ्रान्स/रियल म्याड्रिड)

केलियन एम्बाप्पे (फ्रान्स/पिएसजी)

लियोनल मेसी(अर्जेन्टिना/पिएसजी)

द बेस्ट फिफा महिला खेलाडी (उत्कृष्ट तीन)

बेथ मेड (इंग्ल्यान्ड/आर्सनल)

एलेक्स मोर्गन (युएसए/ ओर्लान्डो प्राइड/सन डिएगो वेभ)

एलेक्सिस पुटेलास (स्पेन/ बार्सिलोना)

द बेस्ट फिफा महिला प्रशिक्षक (उत्कृष्ट तीन)

सोनिया बोम्पास्टोर (ओलम्पिक लियोनाइस)

पिय सुनधङ्गे (ब्राजिल राष्ट्रिय टिम)

सरिना विगमान (इंग्ल्यान्ड राष्ट्रिय टिम)

द बेस्ट फिफा पुरुष प्रशिक्षक (उत्कृष्ट तीन)

कार्लो एन्सेलोटी (रियल म्याड्रिड)

पेप ग्वार्डिओला (म्यानचेस्टर सिटी)

लियोनेल स्कालोनी (अर्जेन्टिना राष्ट्रिय टिम)

द बेस्ट फिफा गोलरक्षक महिला (उत्कृष्ट तीन)

अन्ना–कट्रिन बर्गर (जर्मनी/चेल्सी)

म्यारी ऐरपस (इंग्ल्यान्ड/म्यानचेस्टर युनाइटेड)

क्रिश्टिएना ऐन्डलर (चिली/ओलम्पिक लियोनाइस)

द बेस्ट फिफा गोलरक्षक पुरुष (उत्कृष्ट तीन)

यसिनी बौउनोउ (मोरक्को/ सेभिल्ला)

थिबाउट कोर्टोइस (बेल्जियम/रियल म्याड्रिड)

इमिलियानो मार्टिनेज (अर्जेन्टिना/एस्टोन भिल्ला)

पुस्कस अवार्डका अन्तिम तीन

मार्सिन ओलेस्की (पोल्यान्ड): वार्टा पोल्यान्ड र स्टेल रेस्जोविरुद्ध गरेको गोल (६ नोभेम्बर २०२२)

डिमित्री पायट (फ्रान्स): ओलम्पिक डि मार्सेलीविरुद्ध पाओक थेसालोनीकी विरुद्धको गोल (७ अप्रिल २०२२, युरोपा कन्फ्रेन्स लिग)

रिचार्लिसन (ब्राजिल): ब्राजिल विरुद्ध सर्वियाबीचको खेलमा भएको गोल (२४ नोभेम्बर २०२२, फिफा विश्वकप)