फाइल तस्वीर


टर्किए— सोमबार गएको भूकम्पले टर्किएमा ठूलो मानवीय क्षति भएको छ । टर्किर्एको पूर्वी क्षेत्र र छिमेकी सिरियामा गएको भूकम्पमा परी २३ हजारभन्दा बढिले ज्यान गुमाएका छन् ।

भूकम्पका कारण हजारौं मानिसहरु घाइते भएका छन् । धेरै भौतिक संरचनाहरु नस्ट भएका छन् । मृत्युहुनेको सङ्ख्या अझै बढ्न सक्ने अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले उल्लेख गरेका छन् ।

टर्कीको विपद् व्यवस्थापन निकायले अन्तर्राष्ट्रिय सहायताका निम्ति अपिल गरेको छ । संयुक्त राष्ट्रसङ्घले समेत टर्किएलाई सहयोग गर्न आह्वान गरेको थियो । टर्किए र सिरियाले अन्तर्राष्ट्रिय सहायताका निम्ति अपिल पनि गरेका छन् । विश्व ब्याङ्कले एक अर्ब ७८ करोड अमेरिकी डलर राहत सहायता उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ ।

पछिल्लो तथ्याङ्कअनुसार भूकम्पबाट टकिएमा १८ हजार नौ सय ९१ जना र सिरियामा तीन हजार तीन सय ७७ जनाले ज्यान गुमाएको उद्धारकर्मीहरूले जनाएका छ्न् ।