फाइल तस्वीर


झापा – आफैँले थापेको विद्युतीय धरापमा परी एक व्यक्तिको मृत्युभएको छ । हात्तिको आतङ्कबाट बच्न घरको आँगनसँगै थापिएको विद्युत प्रवाह भएको तारमा छुन पुग्दा झापा बाह्र घरेका ४९ वर्षीय खेम श्रष्ठको मृत्यु भएको हो ।

झापामा बर्षेनी हात्तिले स्थानीयलाई आतङ्कित बनाउँदा आएको छ । हात्तिको आक्रमणबाट बच्नका लागि कतिपय स्थानीयहरुले घरलाई सुरक्षित राख्न विद्युतीय तारबार गर्ने गरेका छन् ।

श्रेष्ठ राति सौचको लागि बाहिर निस्कँदा विद्युत प्रवाह भएको तारबाट करेन्ट लाग्दा उनी गम्भीर घाइते भएका थिए । उनको उपचारका लागि अस्पताल लगिएकोमा उपचारकै क्रममा उनको मृत्युभएको प्रहरीले जनाएको छ ।