फाइल तस्वीर


काठमाडौं — नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षा गर्दै आगामी २०८० साल असारसम्म व्यवसायीले २ करोड रुपैयाँसम्मको कर्जालाई पुनःसंरचना गर्न सक्ने सुविधा दिनेभएको छ ।

राष्ट्र बैंकले मौद्रिक समीक्षामार्फत् ०७९ पुस मसान्तमा सक्रिय वर्गमा रहेको २ करोड रुपैयाँसम्मको कर्जालाई २०८० असार मसान्तभित्र पुनःसंरचना गर्न पाइने व्यवस्था गर्न लागेको हो ।

राष्ट्र बैंकले व्यवसायको नगद प्रवाह तथा आम्दानी विश्लेषण गरी पुनःसंरचना तथा पुनःतालिकीकरण गर्न पाउने व्यवस्था मिलाएको छ ।

राष्ट्र बैंकले ‘साना तथा मझौला उद्योग–व्यवसाय सञ्चालनलाई सहजीकरण गर्न बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भई २०७९ पुस मसान्तमा सक्रिय वर्गमा रहेको २ करोडसम्मको कर्जालाई उद्योग– व्यवसायको नगद प्रवाह तथा आम्दानीे विश्लेषण गरी २०८० असार मसान्तभित्र पुनर्संरचना तथा पुनर्तालिकीकरण गर्न पाउने व्यवस्था मिलाइनेछ,’ भनि मौद्रिक समीक्षामा उल्लेख गरेको छ ।