फाइल तस्वीर

काठमाडौं – साताको पाँचौं दिन आज बिहीबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले बढेको हो ।

आज छापावाल सुन प्रतितोला १ लाख ४ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन छापावाल सुन प्रतितोला १ लाख ४ हजार ८ सय रुपैयाँमा खरिदबिक्री भएको थियो ।

यसैगरी, आज तेजाबी सुन प्रतितोला १ लाख ४ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो बुधबार भने तेजाबी सुन प्रतितोला १ लाख ४ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ । हिजोको तुलनामा आज बिहीबार चाँदी प्रतितोला ५ रुपैयाँले बढेको हो । आज चाँदी प्रतितोला १ हजार ३ सय २० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।