फाइल तस्वीर
काठमाडौं — बङ्गलादेशमा जारी साफ यू–२० महिला फुटबल च्याम्पियनसिपको फाइनल खेल आज हुँदैछ । बङ्गलादेशले आयोजना गरेको यस प्रतियोगितामा नेपाल र आयोजक राष्ट्र बङ्गलादेशबीच फाइनल खेल हुन लागेको हो ।

आयोजक राष्ट्र बङ्गलादेशसहित नेपाल, भारत र भूटान गरी चार राष्ट्रका टिमले प्रतियोगितामा प्रतिस्पद्र्धा गरेका थिए । फाइलन यात्राका लागि नेपालले भारत र बङ्गलादेशले भुटानलाई हराएका थिए ।

आयोजक राष्ट्र बङ्गलादेशविरुद्ध आज नेपालले लिग चरणको पहिलो खेलमा व्यहोरेको हारको बदलासहित उपाधि जित्ने लक्ष्यका साथ मैदानमा उत्रने छ । नेपालले पहिलो खेलमा आयोजक राष्ट्र बङ्गलादेशसँग ३–१ गोल अन्तरले हार व्यहोरेको थियो । त्यसपछिका दुवै खेलमा नेपालले सहज जित निकाल्दै फाइनलको यात्रा तय गरेको हो ।

गत शुक्रबारदेखि सुरु भएको प्रतियोगिताको पहिलो खेलमा बङ्गलादेशसँग हार व्यहोरेको नेपालले दोस्रो खेलमा भुटानलाई ४–० र तेस्रो खेलमा उपाधि दाबेदार मानिएर भारतmलाई ३–१ गोलले हराएको थियो ।

पहिलो खेलमा नेपाललाई ३–१ ले हराएको बङ्गलादेश दोस्रो खेलमा भारतसँग गोलरहित बराबरीमा रोकिएको थियो भने तेस्रो खेलमा भुटानलाई ५–० ले पराजित गरेपछि फाइनलमा प्रवेश गरेको हो । फाइनल खेल नेपाली समय अनुसार साँझ पौने छ बजे बङ्गलादेशको ढाकामा हुनेछ ।