फाइल तस्वीर
ढाका— बङ्गलादेशमा जारी साफ यू–२० महिला च्याम्पियनसीप फुटबलको फाइनल खेल भोलि बिहीबार हुँदैछ । ढाकास्थित बीएसएसएस मोस्तफा कमल स्टेडियममा भोलि हुने फाइनलमा नेपालले आयोजक राष्ट्र बङ्गलादेशसँग भिड्ने छ ।

उक्त प्रतियोगिताको फाइनल खेल नेपाली समय अनुसार साँझ ५ः४५ बजेबाट सुरु हुनेछ । सहभागी ४ टिमबीच राउन्ड रोबिनको आधारमा शीर्ष २ टिमहरू नेपाल र बङ्गलादेश फाइनलमा प्रवेश गरेका हुन् ।

फाइनल पुग्नअघि नेपालले पहिलो खेलमा आयोजक राष्ट्र बङ्गलादेशसँग ३–१ गोलको अन्तरले ब्यहोरेको थियो । त्यसैगरी आफ्नो दोस्रो खेलमा भुटानलाई ४–० गोल अन्तरले पराजितगर्दा हिजो भएको तेस्रो खेलमा दक्षिण एसियाको पावर हाउस मानिएको भारतलाई ३–१ गोलले पाखा लगाउँदै नेपालले फाइनल यात्रा तय गरेको हो ।

प्रतियोगिताको पहिलो खेलमा आयोजक राष्ट्र बङ्गलादेशले नेपाललाई हराउँदा दोस्रो खेलमा भारतसँग गोलरहित बराबरी खेलेको थियो । त्यसैगरी कमजोर मानिएको भुटानलाई आफ्नो तेस्रो खेलमा ५–० गोलको हराउँदै फाइनलमा नेपालसँगको भिडन्त पक्का गरेको हो ।